सागर भण्डारी । ईन्फिनिटी लघुवित्त वित्तिय संस्था वामी शाखाको आयोजनामा १ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ ।
वित्तिय संस्था मार्फत बाख्रा पालनमा आबद्ध कृषकहरुलाई आयआर्जनमा जोड्न तालिम गरिएको संस्थाले जनाएको छ । तालिममा ५० जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई भेटेनरी डाक्टर कृष्ण प्रसाद पौडेलले बाख्राको रोग निवारण,बाख्राको आहार, पालन पोषण ,उपचार, पÞmोहोर व्यवस्थापन ,बाख्रा प्रजनन स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिममा सहभागीहरुलाइ प्रमाणपत्र तथा बाख्राको औषधि वितरण गरिएको वामी शाखाकी अकाउन्टेन्ट एसिया सिंजाली श्रीषले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी अनुगमन अधिकृत सुजन श्रेष्ठ, विशेष अतिथि भेटेनरी डाक्टर कृष्ण प्रसाद पौडेल, विशेष अतिथि रेडियो पुष्पाञ्जलीका उपाध्यक्ष विवेक काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सस्थाकी शाखा प्रमुख समिक्षा केसीले गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस् – गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित मालिका इङ्ग्लिस बोर्डिङ स्कुलमा आइतबार नेपाल बैंक लिमिटेड वामी शाखाले एक बिद्यार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Global Money Week 2022 अन्तर्गत भबिस्य निर्माण गर्नुहोस् भन्ने मुल मर्मका साथ चैत ७ गते देखि बिस्वभर सञ्चालन गरिएको बित्तिय साक्षरता कार्यक्रम अन्तर्गत नेपाल बैंक लिमिटेड वामी शाखाले पनि आईतबार मालिका इङ्ग्लिस बोर्डिङ स्कुलमा बित्तिय साक्षरता कार्यक्रम गरेको नेपाल बैंक लिमिटेड वामी शाखाका शाखा प्रबन्धक राजु अर्यालले नबखबरलाई जानकारि दिनुभयो ।
उक्त कार्यक्रमम नेपाल बैंक लिमिटेड वामी शाखाका प्रबन्घक राजु अर्यालले Global Money Week 2022 को बारेमा जानकारि गराउदै नेपाल बैंक लिमिटेड तथा यसका सेवा सुबिधा र बितिय साक्षरताको अभाबले बैकिंङ जोखिम हुने भएकाले यस्ता जोखिम न्युनिकरण गर्ने उदेस्यले बित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा बोल्दै सहायक शाखा प्रबन्घक पुजा भट्टले बित्तिय साक्षरताको बिस्तृत रुपमा जानकारि गराउनु भएको थियो भने शाखाकि कर्मचारि दिपाली श्रेष्ठले कार्यक्रममा बोल्दै डिजिटल बैंकिङ अन्तरगत पर्ने Mobile Banking, Internet Banking, Fonepay, connect IPS, Demat, Mero share का बिषयमा जानकारि गराउनु भएको थियो ।
बोर्डिङका प्रिन्सिपल पुस्तक श्रेष्ठको स्वागत मन्तब्य सङ्गै सुरु भएको उक्त कार्तक्रमको सञ्चालन शिक्षक मेक प्रसाद श्रेष्ठलट गरेका थिए ।


