बडिगाडमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा पालिकाका कर्मचारी घाईते

अनिष पाठक – बागलुङ । जिल्लाकाे बडिगाड गाँउपालिका ५ खौलारमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोकिदाँ पालिकाकाका एक कर्मचारी घाईते भएका छन ।

पुष्पलाल मध्यपहाडि लोकमार्ग अन्तर्गत पालिकाको खौलार इन्द्रचोकमा खर्वाङबाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु ४ त ९६८० नम्बरको ट्याक्टर र बागमति प्रदेश ०४ प ६९७५ नम्बर मोटरसाईकल मध्ये मोटरसाईकलले बाटो काट्न खोज्दा ट्याक्टरको अघिल्लो पाङग्रामा ठोकिएर दुर्घटना भएको खौलार प्रहरी चौकिका प्रहरी नायव निरिक्षक गुरु प्रसाद न्यौपानेले जनकारी दिए ।

दुर्घटनाबाट बडिगाड गाँउपालिकाका प्रविधिक रोल्पाको परिर्वतन गाँउपालिका वडा नं. ६ का ३० वर्षिय धिरन रोका मगर घाईते भएका हुन उनको वाया खुट्टामा चोट लागेको र स्थानिय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको न्यौपानेले बताए ।

ट्याक्टर चालक ढोरपाटन नगरपालिका ९ का २८ वर्षिय नविन घर्ति मगर सहित ट्याक्टर र मोटरसाईकल प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय