नेपाल बैंक लिमिटेड वामी शाखाद्वारा मालिका इङ्ग्लिस बोर्डिङ स्कुलमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

भुवन काफ्ले गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित मालिका इङ्ग्लिस बोर्डिङ स्कुलमा आइतबार नेपाल बैंक लिमिटेड वामी शाखाले एक बिद्यार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Global Money Week 2022  अन्तर्गत भबिस्य निर्माण गर्नुहोस् भन्ने मुल मर्मका साथ चैत ७ गते देखि बिस्वभर सञ्चालन गरिएको बित्तिय साक्षरता कार्यक्रम  अन्तर्गत नेपाल बैंक लिमिटेड वामी शाखाले पनि आईतबार मालिका इङ्ग्लिस बोर्डिङ स्कुलमा बित्तिय साक्षरता कार्यक्रम गरेको नेपाल बैंक लिमिटेड वामी शाखाका शाखा प्रबन्धक राजु अर्यालले नबखबरलाई जानकारि दिनुभयो ।

उक्त कार्यक्रमम नेपाल बैंक लिमिटेड वामी शाखाका प्रबन्घक राजु अर्यालले Global Money Week 2022  को बारेमा जानकारि गराउदै नेपाल बैंक लिमिटेड तथा यसका सेवा सुबिधा र बितिय साक्षरताको अभाबले बैकिंङ जोखिम हुने भएकाले यस्ता जोखिम न्युनिकरण गर्ने उदेस्यले बित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

त्यसै गरि कार्यक्रममा बोल्दै सहायक शाखा प्रबन्घक पुजा भट्टले बित्तिय साक्षरताको बिस्तृत रुपमा जानकारि गराउनु भएको थियो भने  शाखाकि कर्मचारि दिपाली श्रेष्ठले कार्यक्रममा बोल्दै डिजिटल बैंकिङ अन्तरगत पर्ने Mobile Banking, Internet Banking, Fonepay, connect IPS, Demat, Mero share का बिषयमा जानकारि गराउनु भएको थियो ।

बोर्डिङका प्रिन्सिपल पुस्तक श्रेष्ठको स्वागत मन्तब्य सङ्गै सुरु भएको उक्त कार्तक्रमको सञ्चालन  शिक्षक मेक प्रसाद श्रेष्ठलट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय