काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका पुर्व जिल्ला कमिटीका सचिवालय सदस्य रमेश खत्री सहित एक सय चवन्न जनाले नेकपा एमालेबाट विद्रोह गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको गत बुधबार इटहरीमा सम्पन्न नगरकमितिको विस्तारित बैठकको क्रममा स्वास्थ्य सेवामा समाहित भएका डाक्टरद्धय नविन मगर र नारायण शर्मा समेतले नेकपा एसमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
पार्टी प्रवेश गरेकाहरुलाई नेकपा एसका प्रदेश एकका कार्यवहाक अध्यक्ष धर्मराज निरौला, उपाध्यक्ष घनेन्द्र बस्नेत, केन्द्रिय सदस्य केशव कुमार विष्ट लगायतका नेताले स्वागत गरेका थिए ।
नव प्रवेशीहरुलेले नेकपा एमालेले गुटगत राजनिति गर्ने र जनताले दिएको पाँच बर्षे म्यान्डेडको अपमान गरी राष्ट्रघाती कदम चालेको भन्दै बिद्रोह गर्नुको विकल्प नरहेको बताएका थिए ।
नेकपा एकिकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले स्वागत गरेको कार्यक्रममा नगरकमिटी अध्यक्ष गोपाल बुढाथोकी, इटहरी इन्चार्ज केवल फुयाल, प्रदेश कमिटीका पदाधिकारी सहितका नेता कार्यकर्ताको उपस्थिती रहेको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का पार्टी अध्यक्ष झलक वनले जानकारी दिए ।