गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पायो, यसलाई चुनावसम्मै लैजानुपर्छ: सुजाता

नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले पाँचदलीय गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताएकी छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी उनले आज पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसले गठबन्धनकै साथमा अगाडि बढ्दा फाइदा हुने बताइन्।

गठबन्धन गर्ने कि नगर्ने भन्नेमा व्यापक बहस छ। मेरो विचारमा गठबन्धनसँग हामी जाँदा नै राम्रो हुन्छ,’ उनले भनिन्, ‘हामी कमजोर भएका ठाउँमा गठबन्धनसँगै गइयो भने जित्न सजिलो हुन्छ।’

उनले गठबन्धन बनेकोले नै पार्टीले प्रधानमन्त्री, मुख्यमन्त्री र राष्ट्रिय सभा सदस्यहरू जितेको पनि बताएकी थिइन्।

गठबन्धन गर्दा मापदण्ड भने तयार गर्नुपर्ने उनले बताइन्।

उनले गठबन्धनमा जाने कि नजाने भनेर बिबाद नगर्न नेताहरूलाई आग्रह गरेकी थिइन्। कांग्रेस जनतामा प्रिय भए पनि चुनाव हार्नुको कारण पार्टीभित्रको गुट र उपगुट भएको उनले बताइन्।

कंग्रेस आई हुन्छ भनेर निराश कुरा नगर्नु,’ उनले भनिन्, ‘कांग्रेस कंग्रेस आईजस्तो होइन। यो विलय भएर जाने पार्टी होइन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय