Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
एमाले र माओवादी मिलाउने पक्षका विष्णु र वर्षमान चीनतिर | Naba Khabar
एमाले र माओवादी मिलाउने पक्षका विष्णु र वर्षमान चीनतिर

काठमाडौं, १४ चैत्र । चीनमा कम्युनिस्ट नेताहरुको दौडधूप चलेको छ । नेपालको राजनीतिमा प्रभाव राख्ने चीनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको दौडधूप चलेको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिमण्डलसहित चीन पुगेका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पुगेका हुन् ।

आजै नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन चीन पुगेका छन् । वर्षमान स्वास्थ्योपचारका लागि चीन गएको छ ।

रोचक यो छ कि विष्णु पौडेल र वर्षमान पुन दुवैजना कम्युनिस्ट एकता वा गठबन्धनको पक्षमा छन् । वर्षमानले सार्वजनिक रुपमै एमालेसँग गठबन्धन हुनसक्ने बताइसकेका छन् । विष्णु पौडेल विगतमा नेकपा एमाले र माओवादी मिलाउन मुख्य भूमिमा खेल्नेमा थिए । जसका कारण नेकपा बन्दा उनलाई महासचिवको जिम्मेवारी दिइएको थियो ।

कम्युनिस्ट एकताको पक्षमा रहेका विष्णु पौडेल र वर्षमान एकसाथ बेइजिङ रहने वातावरण विकास हुनुलाई अर्थपूर्ण मानिएको छ । यसै पनि चीन कम्युनिस्ट मिलाउन लागेको छ । उसले विगतमा कम्युनिस्ट पार्टी विभाजन रोक्ने प्रयास गरेको थियो । अहिले मिलाउन लागिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर