नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गठबन्धन जनताबाट तिरस्कृत लोभीपापीको गठजोड भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने,
“गठबन्धन पार्टीमा निराशामात्र छ । गठबन्धन भनेको जनताबाट तिरस्कृत लोभीपापीको झुन्ड हो । यो चमेराको गठजोड हो । स्वार्थीहरुको झुन्ड हो । सर्वोच्च अदालतसँग परमादेश फर्माइस गरेर सरकारमा आएको छ ।