मुसिकोटका मेयर सोमनाथ सापकोटाद्धारा चुनाव नलड्ने घोषणा

विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आगामी निर्वाचनमा मेयर पदकै लागि आफूले चुनावमा भाग नलिने एक कार्यक्रममा बोल्ने क्रममा उहाँले घोषणा गर्नुभएको हो ।

म आफूले अरु धेरैबाट पाठ सिकेको र अरुलाइ पनि पालो दिनुपर्ने आशय व्यक्त गर्दे पदको लागि आफूलाइ कुनै लालच नभएको दाबी गर्नुभयो । मेयर पदको लागि आफ्नो उम्मेदवारी नरहने कुरा दाबी गरेतापनि माथिल्ला तहका पदमा भने चुनावी आकाङक्षा रहने वा नरहने विषयमा भने उहाँले केही खुलाउनुभएन

नेपाली राजनितीमा ठुला ठुला आन्दोलन र संघर्षले वर्तमानको लक्ष्य प्राप्ति भएको बताउँदै आफूले पनि विभिन्न आन्दोलनमा जेलजीवन बिताएको समेत स्मरण गर्नुभयो । आजको सहज परिस्थिती देखेर आजै मात्र राजनीतिमा नलागेको बताउँदै राजनीतिक यात्रामा ठूलाठूला सँघर्ष झेल्नुपरेको अनुभव पनि उहाँले सुनाउनुभयो । एक प्रसङ्ग उल्लेख गर्दे उहाँले आफू सच्चा कम्युनिष्ट भएको र त्यसप्रति आफूलाइ गर्वको विषय भएको बताउनुभयो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय