विद्युत प्राधिकरणले भारतबाट किन्यो प्रतियुनिट ३८ रुपैयाँमा विजुली !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी राष्ट्र भारतबाट महाँगो मूल्यमा विजुली किन्ने भएको छ । प्राधिकरणले विहीबार पत्रकार सम्मेलन गरेर प्रतियुनिट ३८ रुपैयाँमा भारतबाट विजुली खरिद गर्न लागिएको जानकारी दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिहीबार (आज) राति १२ः१५ बजेदेखि लागू हुनेगरी ३८ रुपैयाँमा प्रतियुनिट बिजुली खरिद गर्न लागिएको हो । अहिले सुक्खायाम भएको कारण स्वदेशमा उत्पादन कम हुने हुँदा माग धान्नका लागि दैनिक ३ देखि साढे ३ सय मेगावाट विजुली आवश्यक रहेको घिसिङको भनाइ छ ।

यसका साथै उनले भारतमा ७० प्रतिशत विजुली कोइलाबाट उत्पादन हुने र कोइलाको मूल्य बढेपछि विजुली पनि महँगिएको बताए । पत्रकार सम्मेलनमा घिसिङले भनेका छन्, ‘अहिले केही समयका लागि समस्या भएको छ । जेठपछि उत्पादन बढ्छ, र यो समस्या आउँदैन । हामीलाई हाम्रो उत्पादनले पुग्छ ।’

वार्षिक ७–८ महिना विद्युत आयात गर्न नपरेपनि सुख्खायाममा भने ४ देखि ५ महिना भारतबाट विजुली आयात गर्नुपर्ने बाध्यता रहेको घिसिङले बकताए । अहिले अत्यधिक महँगो भएपनि प्राधिकरणले भारतबाट विजुली ल्याउने र लोडसेडिङ हुन नदिने उनले बताए ।

त्यसोत, यस अगाडि प्राधिकरणले भारतबाट प्रतियुनिट ४ देखि ६ भारुमा खरिद गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय