माओवादीबाट जितेका वडाध्यक्षसहित थुलुङ दुधकोशीका ६२ जना एमाले प्रवेश

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहित ६२ जना एमाले प्रवेश गरेका छन् ।

माओवादीबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष भुपालसिं राई, वडा सदस्य रसाइली, सदस्य सोमकुमार तामाङसहितकाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठक सुरू हुनुअघि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले उनीहरूलाई स्वागत गरे ।

एमाले प्रवेश गरेकाहरू अधिकांश माओवादी त्यागेर आएकाहरू छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय