प्रचण्डले गद्दारी गरेको भन्दै धमाधम माओवादी केन्द्र छोड्नेको ओइरो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गद्दारी गरेर व्याख्यात्मक घोषणाका नाममा एमसीसी पारित गराउँन सहयोग गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले धमाधम पार्टी परित्यागको घोषणा गर्न थालेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै धमाधम पार्टी परित्यागको घोषणाको लर्को नै लागेको छ । पार्टीको शिर्ष तहमा पनि पार्टी छोड्ने तयारी चलिरहेको खबर छ भने कार्यकर्ताहरुले घोषणानै गर्न थालिसकेका छन् । प्रचण्डको निर्णयले माओवादी केन्द्रमा ठूलो क्षती हुने अनुमान गरिएको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डले पार्टीलाई राष्ट्रघाती कित्तामा पुर्याएको भन्दै गम्भिर आपत्ती जनाएका छन् भने नेता नारायणकाजी श्रेष्ठले गम्भिर असहमती सहित आपत्ती जनाएका छन् ।

एमसीसीको विरोधमा दिलो ज्यानले लागेका नेता लिलामणी पोखरेलले माओवादी केन्द्रले एमसीसी पारित गराउँन सहयोग गरे पार्टीमा नरहने सार्वजनिक घोषणा यस अघिनै गरिसकेका छन् ।

यसै विच प्रचण्डले एमसीसीमा व्याख्यात्मक घोषणा गर्दै पास गर्ने निर्णय गर्ने वित्तिकै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गरेका छन् ।उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।

माओवादी परित्याग गर्दै बोहोराले लेखेका छन्– प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषणरजानकारी गर्दछु ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय