प्रेमिका खोसेको निहुँमा युवकमाथि खुकुरी प्र.हार, ५ जना पक्राउ

काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै १० जनाको समूहले एक युवकलाई खुकुरी प्र.हार गरेका छन् ।

बुधवार खुकुरी प्र.हारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुरजलाई खुकुरी हान्ने मध्येका ५ जनालाई प*क्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

प*क्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले प*क्राउ गरेको छ ।

प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्र.हार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शंखमुल स्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए ।

खुकुरी प्र.हारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । खुकुरी प्र.हारमा संलग्न अनिलराज गिरी र दोलखा बैत्यश्वर गाउँपालिका घर भएका विकास लामा फरार छन् ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूको बिचमा लेनदेन विवाद पनि देखिएको अपराध महाशाखाका एसपी कोइरालाले जानकारी दिए । – रातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय