मोटरसाईकल दुर्घटना एकजनाको मृत्यु

सोमबार स्याङ्जामा भएको मोटरसाईकल दुर्घटनामा रुपन्देहीका एक युवकको ज्यान गएको छ ।

प्रहरीका अनुसार मोटरसाईकल दुर्घटनामा परि रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ फर्सटिकट घर भएका २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको हो ।

स्याङजाको गल्याङ नगरपालिका–१ नब्बेस्थित सिद्धार्थ राजमार्गमा ग१५ प ७४४७ नम्बरको मोटरसाइकल र लु २ ख ५२९० नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना भएको थियो । त्यस दुर्घटनामा मोटरसाइकल चालक पटेल गल्याङ बजारमा कुशल मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए ।

गम्भीर घाइते भएका उनको नगर अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । – रातोपाटि डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय