स्थानीय चुनावमा वडादेखि केन्द्रसम्म एमाले पंक्ति को कहाँ खटिने ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले को कहाँ खटिने भन्ने किटान गरेरै तोकेका छन् । जस अनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लाामा निर्वाचनमा केन्द्रित हुनुपर्नेछ ।

उदाहरणको लागि गैरसरकारी संस्थाहरुका इन्चार्ज पार्वत गुरुङ अब चुनाव अवधिभर दोलखामाल खटिनुपर्नेछ भने अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेल रामेछापमा गएर खटिनु पर्नेछ ।

त्यस्तै प्रदेश कमिटीका सबै सदस्यहरु आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदिस्यहरु आफ्नो वडामा गएर खटिनुपर्नेछ ।

वडा कमिटीका सबै सदस्यहरु आफू रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने ओलीले जनाएका छन् ।

त्यस्तै विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मन्चहरुमा आबद्ध नेता कार्यकर्ता आ आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुनेछन् ।

निर्वाचन परिचालनका लागि पालिका र वडास्तरमा तत्काल निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गर्न ओलीले निर्देशन दिएका छन् ।

चुनावमा एमालेका कुन सदस्य कहाँ खटिन्छन् ?

 

केन्द्रीय कमिटी सदस्य – जिल्लामा

प्रदेश कमिटी सदस्य – पालिकामा

जिल्ला कमिटी सदस्य – वडामा

वडा कमिटी सदस्य – टोल टोलमा

टोल कमिटी सदस्य – घर धुरीहरुमा

सम्पर्क मन्च सदस्य – पालिकामा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय