धनराज गुरुङले प्रचण्डलाई सिधै कचौरा लिएको भिखारी भनिदिए पछि …

नेपाली काग्रेसका उपसभापती धनराज गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई लक्षित गर्दै एकपछि अर्को कडा अभिव्यक्ति दिँदै आएका छन् ।

काग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाने दाउमा रहेका प्रचण्ड र माधव नेपाललाई यस अघि काग्रेस उपसभापती गुरुङले हात्तिको कानमा बसेको चमेराको संज्ञा दिएका थिए । हात्तिको कानमा ओत लागेको चमेरो भन्दै खनिएका उनले फेरी अर्को डोज दिएका छन् ।

काग्रेस उपसभापती गुरुङले चमेरो भने पछि चित्त दुखाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गुरुङको अभिव्यक्तिलाई सुन्नै नसकिने भाषण भन्दै सार्वजनिक कटाक्ष गरेका थिए । आफ्नो भनाइलाई सुन्नै नसकिने भनेर प्रचण्डले प्रतिक्रिया दिए पछि गुरुङले झन कडा जवाफ फर्काएका छन् ।

गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई राजनितीक भिकारीको संज्ञा दिएका छन् । प्रचण्डले भिक मागेर कहिले शेरबहादुर देउवा सँग बालुवाटार त कहिले एमाले अध्यक्ष केपी ओली सँग बालकोटा धाइरहेको भन्दै आरोप लगाएका छन्।

केही दिनअघि प्रचण्ड समेतका नेतालाई लक्षित गर्दै ‘चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन्’ भन्ने अभिव्यक्ति दिएका गुरुङले स्व। गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो टिप्पणी कटाक्ष गरेका हुन् । यसअघि प्रचण्डले आफूहरुमाथि कांग्रेस नेताहरुले अतिवादी अभिव्यक्ति दिएको भन्दै प्रतिवाद गरेका थिए ।

गुरुङले सोमबार प्रचण्डलाई भने, ‘गिरिजाले आफू हारेपनि देश हार्न हुन्न भन्थे, उता सँगै हस्ताक्षर गर्ने प्रचण्डचाहिँ आफू हार्न हुन्न देश हारे हारोस भन्छन् । तपाईं (प्रचण्ड) लाई हेरेर बिचरा भन्न मनलाग्यो । कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार !’

गिरिजा प्रसाद कोइराले आफुले हारेर भए पनि देशलाई बचाएको दाबी गर्दै उपसाभपती गुरुङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा भने देशले हारेर भए पनि आफुले जित्नु पर्ने भावना रहेको जिकिर गरे । गिरिजा प्रसाद कोइराला सँगै शान्ति सम्झौतामा हस्ताक्षर गरेका प्रचण्डको हालत अहिले भिकारी भएको गुरुङले बताए

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय