मेयर उठे बावुरामलाई आफ्नै ससुरालीले पनि भोट दिँदैनन् :भरत जंगम

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष डा बावराम भट्टराई काठमाडाँै महानगरपालिकाको मेयर उठ्ने चर्चा चलिरहेकै बेला भ्रष्टाचार विरोधी अभियान्ता एवं राजनितिक विश्लेषक भरत जंगमले भने स्वादिलो जवाफ दिएका छन् ।

एक टुइटर प्रयोगकर्ताले प्रोटोकलका हिसाबले बावुराम काठमाडौँको मेयरमा उठ्न मिल्छ की मिल्दैन होला तर विकासको लागी बावुराम मेयर बने हुन्थ्यो भन्ने आशयको टिप्पणी गरे पछि प्रत्युत्तरमा प्रधानमन्त्री भैसकेको मान्छे मेयर उठ्न मिल्ने तर्क बावुरामले गरेका थिए । बावुरामको प्रतिक्रिया पछि उनी मेयर उठन् लागेको भन्दै विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।

बावुराम काठमाडौँको मेयर उठ्ने चर्चा चलेका बेला विश्लेषक जंगमले भने बावुरामलाई आफ्नै ससुरालीको पनि भोट नआउँने ठोकुवा गरेका छन् । बावुराम मेयर उठ्ने रे ? भन्दै मज्जाले हाँसेका जंगमले उनलाई आफ्नै ससुरालीले पनि भोट नदिने ठोकुवा गरे ।

ओटिभी नेपाल डटकम सँगको विशेष कुराकानीमा जंगमले भेनका छन् बावुराम काठमाडौँको मेयर उठ्छु भन्दैछन् उनको ससुराली क्षेत्रपाटी हो उनलाई अब आफ्नो ससुरालीले पनि भोट दिँदैनन् । मेयर उठेमा बावुरामको पनि नमिठो पराजय हुने ठोकुवा उनले गरेका छन् ।

फरक प्रसंगमा जंगमले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको हालत खराब हुने ठोकुवा गरे । गठबन्धन कायम राख्न सके उनीहरुको अस्तित्व सम्म रक्षा हुने भए पनि गठबन्धन नजोगिएमा भने हालत खराब हुने जिकिर उनले गरे ।

नेपाली काग्रेस उग्र दक्षिणपन्थी र माओवादी उग्र बामपन्थी शक्ति भएको भन्दै उनले अहिलेको गठबन्धन अप्राकृतिक भएकाले कुनै पनि बेला भत्किन सक्ने बताए । हरेक हिसाबले अहिलेको गठबन्धन लामो समय चल्न नसक्ने दाबी जंगमले गरे ।

नेपालको राजनितीमा प्रचण्डको उपयोगिता समाप्त भएको भन्दै जंगमले काग्रेसले गठबन्धन नगरे एमालेसँग मिल्छु भन्ने प्रचण्डको भनाइमा कुनै तुक नरहेको बताए । प्रचण्डलाई फेरी अगालो मार्न एमाले अध्यक्ष केपी ओली मुर्ख नभएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय