कस्तो रहला आज देशभरको मौसम ? यस्तो छ मौसमविद्को पूर्वानुमान

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

 प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ। 

आज बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी आज राति देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

भोलि बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिक  देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय