मेरो हैसियतअनुसार थप मन्त्री कोटा चाहिन्छ–प्रचण्ड

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हैसियत अनुसार मन्त्रिपरिषदमा थप कोटा पाउनुपर्ने दाबी गर्नुभएकोे छ ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको र हैसियत अनुसार आफ्नो पार्टीले थप मन्त्री कोटा पाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले गठबन्धन बनाउन र यसलाई टिकाउनमा आफ्नो निकै महत्त्वपूर्ण भूमिका रहेको कारण त्यस भूमिकाअनुसार सरकारमा सहभगिता जनाउनुपर्ने जिकिर गर्नुभयो । आफूले प्रधानमन्त्रीलाई थप मन्त्री कोटाको माग राखिसकेको प्रचण्डको भनाइ छ ।

लोसपाका नेता र प्रधानमन्त्रीबीच भएको छलफल बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जानकारी दिएको तर सरकारमा सहभागिता वा गठबन्धनमा नै सहभागिता गराउने विषयमा छलफल नभएको बताउनुभयो ।

कांग्रेसका नेताहरु माओवादीप्रति आक्रमक बनिरहेको भन्दै उहाँले कांग्रेस नेताहरुको व्यवहारका कारण चुनावमा गठबन्धन नहुने सम्भावना बढेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय