स्वच्छ, सफा र हराभरा नगर बनाउने उद्देश्यका साथ बजारक्षेत्रमा डस्टबिन वितरण

अनिल खत्रीर गुल्मी – गुल्मी जिल्ला सदरमुकाम तमम्घास बजारलाई सफा र स्वच्छ शहर निर्माण गर्न फोहोर संकलनका लागि डस्बीन अर्थात फोहोर संकलन् गर्ने भाँडा वितरण गरिएको छ।

नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाले सुन्दर सफा र स्वच्छ नगरनिर्माणका लागि सरसफाईमा आवश्यक पर्ने भौतिक सामग्री अन्र्तगत डस्बीन वितरण गरेको हो ।

जिल्ला सदरमुकाम तम्घास बजारका १ हजार घरपरिवारलाई २ थानका दरले निशुल्क डस्बीन बितरण गरिएको छ । तम्घास बजार वासीलाई रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले डस्बीन वितरण गरेका हुन् ।

रेसुङ्गा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगर गराउने उद्देश्यका साथ बजार क्षेत्रको फोहोरलाई व्यवस्थित एवम् घर भित्र नै फोहोरको वर्गीकरण गरि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राखि व्यवस्थापन गर्नका लागि डस्बीन वितरण गरिएको छ ।

डस्बीन वितरण गर्दै नगरप्रमुख डिल्लीराज भुसालले तम्घास बजारको सुन्दरताले समग्र गुल्मी जिल्लाकै प्रतिनिधित्व गर्ने बताए ।

नगर प्रमुख भुसालले सदरमुकाम तम्घास बजारलाई सुव्यवस्थित, स्वच्छ र सफा शहरको रुपमा विकास गर्न खोजीरहेको बताए ।

नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाले कुल १३ लाख रुपैयाँ लागतमा २ हजार डस्बीन बितरण गरेको संस्थाका सचिव कृष्ण पोखरेलले बताए ।

संस्थाले फोहोरमैला व्यवस्थापन गर्नका लागि विगत लामो समयदेखि काम गर्दै आइरहेको छ । फोहोरमैला व्यवस्थापन गर्न बजारमा गठन गरिएका टोलसमिति मार्फत डस्बीन बितरण गरिएको संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताए ।

तम्घासबासी फोहोर संकलन गर्नको लागी डस्बीन बितरण गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल तस्बिर स् पत्रकार अनिल खत्री

यसअघि सार्वजानिक ठाउँमा डस्बीन राख्दै आएको संस्थाले बजार सफा राख्नका लागि प्रत्येका घरको अगाडी राख्न डस्बीन बितरण गरेको हो ।

डस्बीन बितरण कार्यक्रममा सहभागीहरुले सदरमुकाम राम्रो बजारले हुने भन्दै बजारमा फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

नगर विकास तथा वातावरण संरक्षण संस्था संस्थामा १५ सय जना आवद्ध रहेका छन् । अझै पनि बजारका कतिपय स्थानमा खोल्सा, किनार जस्ता क्षेत्रमा जथाभावि फोहोर फाल्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय