चिसापानी सामुदायिक वनमा भीषण आगोलागी

लमजुङ । लमजुङका मर्स्याङ्दी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे लागेकाे छ । शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

हावा चलेकाले डढेलाे नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठुलो भएकाले निभाउन सकिएकाे छैन ।’

मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलाे लागेको हो । वनमा एक्कासी डढेलाे लागेपछि स्थानीय आइतबार आगो नियन्त्रणका लागि पुगेका थिए ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलाे नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए ।

यो पनि पढ्नुहोस् – काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।राति प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय