काठमाण्डाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा प्रस्थान गरेकाे छ ।


चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् । एमाले प्रतिनिधिमण्डल टाेली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमाले उपाध्यक्ष पौडैल सिहत नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।

यो पनि पढ्नुहोस् – काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।राति प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here