कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

यो पनि पढ्नुहोस् – कैलाली । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ का २५ बर्षीया दुर्गा चन्द रहेका छन् ।

पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडक पल्टिँदा गम्भीर घाइते भएका चन्दको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

समान्य घाइते भएका सुर्नया–३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचारपछि घर फर्किएको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय