गुल्मीको मुसिकोटमा एकहप्ता अगाडिदेखि १३ वर्षीय बालक परिवारबाट सम्पर्कबिहिन

गुल्मी – गुल्मीको मुसिकोटमा फागुन २८ गतेदेखि १३ वर्षीय बालक शिशिर राना परिवारबाट सम्पर्कबिहिन भएका छन । उनीसँगै अर्का सुमन थापा पनि परिवारको सम्पर्कमा आएका छैनन ।

मुसिकोट नगरपालिका वडा नम्बर २ मुसिकोटको झरुवाका १३ वर्षीय बालक शिशिर राना सम्पर्कबिहिन भएको हजुरबुबा रबिलाल कुमालले बताउनुभयो ।

अन्दाजि ३ फुट उचाइ भएको,धर्के रातो र सेतो मिसिएको टि सर्ट लगाएको,कालो सुरुवाल गोडामा उधृएको,आखा चिमरो भएको १३ वर्षको बालक शिशिर सोहि दिनदेखि हराएकोले खोजेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

वरपर,आफन्त,मामाघर,छरछिमेकि कसैको सम्पर्कमा नभएको परिवारले बताएको छ ।

स्थानीय गङ्गा प्रा। बि रातचौरमा कक्षा ४ मा पढ्ने रबिलाल कुमालको नाति, डम्बर बहादुर कुमाल ९यम०को छोरा र आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी हराएकोले भेटाउनुहुने जो कोहिले पनि परिवारको सम्पर्कमा ल्याइदिन
विद्यालयका प्रधानाध्यापक कौरव खत्रीले आग्रह गर्नुभयो ।

हजुरबुबा रबिलाल कुमालले,उसकी आमाले पनि छोडेर अन्यत्र गएको र स्वयम नाती अपाङ्ग भएकोले राम्रोसङ्ग आखाले ठम्याउन नसक्ने हुदा कतै पिडामा छट्पटाइरहेको पो छ किरु कसैसङ्ग सम्पर्कमा पो छ किरुयदि कोहि कसैको सम्पर्कमा भएको भए वा देखेको भए आफ्नो सम्पर्कमा ल्याइदिन उहालेअनुरोध गर्नुभयो ।

आफ्नो नाती हराएको खबर वामी प्रहरी चौकिमा पनि जानकारी गराएको र प्रहरीले भुवाचिदि देखि रुद्रवेणि खोलासम्म खोजि कार्य गरिने आश्वासन दिएको उहाले बताउनुभयो ।

आफ्नो गाउठाउको निम्न वर्गिय परिवारको अपाङ्गता भएको बालक यसरी सम्पर्कबिहिन हुदा आफुहरु निकै दुखी भएको र खोजीकार्यमा लागिपरेको स्थानिय समाजसेवी जनक खत्रीले बताउनुभयो,साथै उहाले सबैलाइ खोजी कार्यमा सहयोग गरिदिन आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय