वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय चुनावमा एउटै कुचोले पाँच दललाई बढार्ने दाबी गरेका छन् । इलाममा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘एमालेले टाँसिदिएका जुँगामा ताउ लगाएर एमालेकै बाकस खाली गर्छौं’ भन्ने भन्दै नेकपा एसका नेता झलनाथ खनालप्रति आक्रोश व्यक्त गरे ।

‘बाकस कसको खाली हुन्छ आउँदो बैशाख ३० गते तपाईंहरुले देखाइदिनुपर्छ,’ ओलीले कार्यकर्ताहरुसामु भने, ‘एमाले कसैलाई अल्मल्याउने, छक्याउने पार्टी होइन । यो बाटो बनेको भए । यो अन्तरे जन्तरेले मैले ल्याएको भन्ने थिए । यहाँ बाटो बिग्रेको छ यहाँका सांसद खोई । तपाईंहरुले दिएको भोटले सांसदको भत्ता खाइरहेका छन् ।’

उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई आफ्नो पक्षमा पारेर परिणाम आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाए । ‘आयोगले एउटा पार्टीको काम गर्ने होइन,’ ओलीले भने, ‘कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहिने? कस्तो अचम्मको निर्वाचन आयोग हो ? सूर्य हरियो हुन्छ काँही?’ उनले आयोग दलहरुसँग परामर्श नगरी एक्लै मनपरी ढंगले अघि बढेको भन्दै असन्तुष्टी जनाएका छन् ।

स्थानीय तह चुनावमा उम्मेदवारी दर्ताका लागि आयोगले २ दिनको समय तोकेकोमा पनि ओलीले आलोचना गरे । ‘सबै निर्वाचन आयोगले मनोनयनका लागि एक दिन दिने गरेको थियो अहिले दुई दिएको छ । दुई दिन किन चाहियो ?’ ओलीले भने, ‘गठबन्धनभित्र खटपट परेर एक दिनमा नहुनसक्छ । कुरा नमिल्न सक्छ, त्यसैले दुई दिन दिएको छ । मनोनयनका लागि २ दिन दिएको कतै सुन्नु भएको छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय