तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनावमा जान्छौँ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको  चुनावमा जाने बताउनु भएको छ । तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उहाँको भनाइ छ ।

बिहान पोखरामा पत्रकारसँगको कुराकानीमा प्रचण्डले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको दाबी गर्नुभयो ।

उहाँले आफ्नै बलमा अबको चुनाव लड्ने जिकिर पनि गर्नुभयो ।  यस्तै, चुनावी गठबन्धनबारे सोधिएको प्रश्नमा उहाँले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताउनुभयो । तर, धेरै कुरा कांग्रेसमा भर पर्ने उहाँको भनाइ छ । यस्तै, आफूले तत्कालै नेकपा एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।

अस्ति शुक्रवार बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर अभिव्यक्ति दिनु भएको थियो । त्यो कुरा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा भनेको उहाँको प्रष्टीकरण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय