माओवादी परित्याग गरेका सांसद विष्ट आज एमाले प्रवेश गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेका सांसद ठम्मर बिष्ट नेकपा एमालेमा प्रवेश गर्ने भएका छन । सांसद विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आउने निश्चित भएको एमालेले जनाएको छ । वीरेन्द्रनगरमा भोली आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टी प्रवेश गराउने निश्चित भएको एमालेले जनाएको छ ।

बिष्टसंगै नेकपा माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

कर्णाली प्रदेशसभाका प्रमुख संचेतक समेत रहेका सांसद ठम्मरबहादुर विष्टले एमसीसी पारित गरिनु, आफूले पार्टी छोड्नुको मूख्य कारण रहेको जिकिर गरेपनि उनी अध्यक्ष प्रचण्डको बचन अनुसार आफूलाई प्रदेश सरकारमा मन्त्री नबनाइएकोमा रुष्ट थिए । प्रचण्डले उनको ठाउँमा हुम्लाका गैर–सांसद र यसअघि मूर्ति चोरीको अभियोगमा जेल परेका कार्चेन लामालाई मन्त्री बनाएपछि उनी प्रचण्डप्रति रुष्ट थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय