आगामी चुनावमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना छ : कांग्रेस प्रवक्ता महत

, ५ फागुन : ‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए ।

व्याख्यात्मक घोषणासहित उनको पार्टी माओवादी केन्द्रले एमसीसी अनुमोदनमा साथ दिएपछि नेता नारायणकाजी श्रेष्ठसहित गिरिराजमणि पोखरेलले फरक मत राखेका थिए । पार्टीले ह्विप जारी गर्दा पनि पोखरेलसहितका नेताहरू त्यसविरुद्धमा गएका हुन् । नेता पोखरेलले अहिले पनि एमसीसी राष्ट्रघाति भएको दोहोराइरहेका छन् ।

नेता पोखरेल पक्षका कतिपय ‘विश्वास पात्र’ भनिएकाहरूले पार्टीनै परित्याग गरिसकेका छन् । महोत्तरीका संयोजकसहित पुराना नेता तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य राजन ढुंगाना, महिला नेतृ उर्मिला कार्की, नेता रामबहादुर राणा र नरबहादुर खनालले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।

तर, गिरिराजमणि पोखरेल भने पार्टीले आयोजना गरेको महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेता पोखरेललाई स्थानीय संचारकर्मीहरूले कहिलेकाही घेराबन्दी नै गर्छन । एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया लिन खोज्छन् । तर, उनी न एमसीसीको बिषयमा केही बोल्छन् न त आफ्ना कार्यकर्ताले साथ छाडेको बिषयमै केही भन्छन् । यस बिषयमा अहिले नबोल्ने भन्दै पन्छिन्छन् । साथै जिल्ला तहका नेता, कार्यकर्ताहरूको मनोबल उच्च बनाउन न नेता पोखरेलले कुनै प्रशिक्षणनै दिन सकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय