केपी ओलीबारे मन्त्री प्रेम आले आक्रामक : महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा कुनै फरक छैन्

काठमाडौं, ५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आली र महाभारतको दुर्योधनमा कुनै फरक नरहेको बताएका छन् । उनले एमाले अध्यक्ष ओलीले आफ्नै दम्भका कारण बहुमतको सरकारबाट बाहिरिनु परेको पनि टिप्पणी गरे ।

आज (शनिबार) गौरीशंकर छो–रोल्पा मिडिया प्रा.ली.को दोश्रो वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले पनि केपी ओलीले स्थानीय तहमा ६० प्रतिशत जित्छु भनेर घमण्ड गरेको छ, यो घमण्ड मलाई कस्तो लाग्छ भने, महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओली, दुईटैलाई दाँज्यो भने अहंकारमा कुनै कमी छैन् । महाभारतको दुर्योधन र एमालेको केपी ओलीमा कुनै फरक छैन् । तपाईँहरु दाज्नुहोस ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय