घोषणापत्र हेरेर काम गरेको छु, साठी प्रतिशत काम सकियो — वडाध्यक्ष काफ्ले

विष्णु प्रसाद आचार्य ( चकित) मुसिकोट गुल्मी

मुसिकोट नगरपालीका वडा नं ७ वामीका वडाध्यक्ष प्रकाश काफलेले आफुले निर्वाचनमा तयार पारेको घोषणापत्रको आधारमा काम गर्ने गरेको बताउनुभएको छ । अहिलेसम्म साठी देखी सत्तरी प्रतिशत काम सकिएको बताउँदै बाँकी समयमा बाँकी काम गर्न सकिने बताउँदै अहिले विकाश छरपष्ट छरिएको छ त्यसैले प्रत्यक्ष विकाशको अनुभुती गर्न नपाएपनि सञ्चालनमा रहेका कामको समापनसँगै प्रत्यक्ष रुपमा अनुभुती गर्न सकिने बताउनुभयो ,

नबखबरसँग कुराकानी गर्दै उहाँले वामी बजारको भित्री सडक केही मात्रामा कालोपत्रे भइसकेको र बाँकी रहेकोमा अहिले ढलनिकाशको काम भइरहेकोले जाडोपछि लगत्तै कालोपत्रेको काम सुरु भइ जेठसम्म सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । त्यस्तै वामीको सेरा र वडागाउ जोड्ने झोलुङ्गे पुलको काम पनि दु्रत गतिमा भइरहेकोले यही आर्थिक वर्षमा पुलबाट लाभ लिन सकिनेमा विश्वस्त रहन सम्बन्धित सबैलाइ आग्रह समेत गर्नुभयो ,

विगतमा वामीमा खानेपानीको निकै ठूलो समस्या रहेको स्मण गर्दै सानातिना विवाद र समस्या रहेपनि एक घर एक धारा खानेपानीको योजनाको काम पनि अन्तिम चरणमा पुगेकोले त्यो समस्याबाट पनि वडावासीले छिट्टै छुट्कारा पाउने बताउनुभयो । मुसिकोट नगरपालीकाको प्रशाशकीय भवन कहाँ र कहिले बन्छ ? भन्ने प्रश्नमा उहाँले आधिकारीक रुपमा अहिलेसम्म नगरकार्यपालिकाले निर्णय गरेको पहिलेकै ठाउँ हो तर त्यो भन्दा उत्तम ठाउँको विकल्प आएको खण्डमा त्यो पुरानो ठाउँको विषयमा कानुनी अल्झन नआएमा जुनसुकै ठाउँपनि सम्भावना रहन सक्ने र आफनै कार्यकालमा काम गर्न चाहेको बताउँदै विनीयोजित बजेट फ्रीज हुन नदिने पक्षमा आफु रहेको जानकारी नबखबरलाइ दिनुभयो ।

वडाभित्र सभाहल, वडाकार्यलयको निशुल्क जग्गा प्राप्ती, स्मार्ट पार्क, लगायतका कामले नगरपालिकाको केन्द्रलाइ शोभायमान बनाएको बताउनुभयो । आफ्नो कार्यकाल अब झण्डै २० महिना बाँकी रहेकोले आफनो प्रतिबद्धता पुरा पनि गर्नुपर्ने कुरा भएकोले विशेष गरि वामीमा केन्द्रिीय प्रसारण लाइनको विद्युत एक महिना भित्र घरघरमा बल्ने पनि उहाँले उद्घोष गर्नुभयो । अहिलेसम्मको कामको मुल्याङ्खन गर्ने नै हो भने ३० देखी ३५ करोडको काम भएको दाबी गर्नुभयो ।

वामीको टारपरुवाको विगतको सडकको अवस्थालाइ स्मरण गर्दै आजको दिनमा उक्त कामको कायापलट नै भएको मान्नुपर्ने बताउनुभयो त्यस्तै आफुले गरेका काममा नागरिकले शुशासनको अनुभुती गर्न पाएको जिकिर गर्नुभयो । नगरको केन्द्रमा रहेको महेन्द्र आर्दश नमुना मा वि ले हरेक कुरमा झण्डै २०० प्रतिशत फड्को मारेकोप्रति आफुले गर्वको महशुश गरेको बताउनुभयो ।

सडकको विषयमा कुरा गर्दै ८ वटा भन्दा धेरै नयाँ सडकको सुरुवात नै गरेको र सिचाइको हकमा कुरा गर्दा विगतको समस्या विर्सने गरि काम भएको जिकीर गर्नुभयो ।

त्यस्तै सवास्थ्यको हकमा पनि विगतमा केही गुनासाहरु आएपनि अहिले सुधार भएर गएको र स्तरोन्नतीको लागि १५ शैयाको भवनको लिान्यास समेत गरेकोले अब कसैलाइ विगतको जस्तो समस्या भोृग्नु नपर्ने कुरामा विश्वास दिलाउन चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय