लोकतान्त्रिक व्यवस्थामा जनमत नै हतियार भएको मुख्यमन्त्री पोख्रेलको भनाइ

विनोद विश्वकर्मा,बुर्तिबाङ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक व्यावस्थामा हतियार भनेको जनताको मत भएको बताएका छन् ।

गठबन्धन दलका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले जनताले सानोतिनो लोभ लालचमा लागेर आफ्नो मतलाई बेचे अपराध हुने बताए ।

पहिलो पटक ढोरपाटन पुगेका मुख्यमन्त्री पोखरेलले ढोरपाटन क्षेत्र निकै सुन्दर रहेको र अझै पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउन सके अझै पर्यटन आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

मन्त्री पोखरेलले गठबन्धन टिक्ने कुरामा शंका नगर्न कार्यकर्तालाई आग्रह गरे । ढोरपाटनमा बन्ने भनेको उत्तरगंगा जलासययुक्त हाईड्रो पावर मिलाएर लग्न सके स्थानिय जनतालाई नै फाइदा हुने बताए ।

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले ढोरपाटन क्षेत्रमा पुग्ने पर्यटकले ढोरपाटनको चिनो स्वरुप यहाँका स्थानिय स्तरमा उत्पादित विभिन्न बस्तुलाई ब्रन्ड बनाउन सके ढोरपाटन क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै ढोरपाटन क्षेत्रको विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताए ।

कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले अहिलेको गठबन्धनलाई प्रबृतिको बिरुद्धमा लड्नको बनाईएको र यसलाई एतिहासिक बनाउन आग्रह गरे ।

मन्त्री सागरले सालझन्डी ढोरपाटन सडकमा ठेकेदारले समयमै काम नसक्दा ढोरपाटन क्षेत्रको विकासमा असर परेको बताए । मन्त्री सागरले प्रदेश सरकारले ढोरपाटन नगरपालिकामा १ करोड ८० लाख बराबरको जस्तापाता पठाएको तर कसैले व्याक्तिगत लगानीमा बाँडेको भन्दै भ्रम फैलाएको भन्दै त्यसको आलोचना गरे ।

कार्यक्रममा गण्डकी प्रदेश मामिला सभापति खिमविक्रम शाहीले ढोरपाटन क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर रहेको बताए । यहाँको विकासको लागि स्थानिय जनता एक जुत भए माथिको सरकारले जसरी पनि काम गर्ने उल्लेख गरे ।

यस्तै कार्यक्रममा गण्डकी प्रदेश सदस्य प्यारी थापाले अहिलेको गठबन्धनको राजनीतिक आस्था फरक भएता पनि देशको संविधान मिच्ने पात्रलाई पराष्ट सबै एक ठाउँमा भएको बताईन् ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेल,कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागर, प्रदेश मामिला समिति सभापति खिमबिक्रम शाही, सांसद प्यारी थापा, गल्कोट नगर प्रमुख भरत शर्मा गैरे, तमानखोला गाउँपालिका प्रमुख जोकलाल बुढा , नेपाली कांग्रेस प्रदेश सदस्य अर्जुन शेरचन, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्ययाल, राष्टिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, लगायतले बोलेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन नगरपालिका सभापति धन बहादुर कायतको अध्यक्षता ,ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तथा नेकपा एसका हरि बहादुर घर्तिको स्वागत र सुमित घर्तीको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबीच मुख्यमन्त्री पोखरेल सहीतको टोलीले ढोरपाटन उपतयकाको विभिन्न स्थानको अवलोकन गरेको छ । नेपालको एक मात्र शिकार आरक्ष कार्यलयमा समेत बस्तुस्थितिको बारेमा बुझेका थिए ।

उक्त छलफलमा आरक्ष कार्यालयले शिकार आरक्षको आफ्नै एन नियम कानुन सरकारले निमार्ण नगरेको कारण बिभिन्न काम गर्नमा अफ्ठेरो भएको शिकार आरक्ष कार्यालयले बताएको छ ।

छलफलमा मुख्यमन्त्री पोखरेलले शिकार आरक्ष सङ्गै ढोरपाटन क्षेत्रको विकासका लागि आगामी बजेटमा समेट्ने बताए ।

छलफल कार्यक्रममा कार्यक्रममा गन्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेल,कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागर,प्रदेश मामिला समिति सभापति खिमबिक्रम शाही,सांसद प्यारी थापा,गल्कोट नगर प्रमुख भरत शर्मा लगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री सहितको टोलीले ढोरपाटन स्थित ढोरबराह मन्दिरको दर्शन गरेर फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय