‘म मेयर भएर आएपछि महानगरले १ सय ५० भन्दा बढी सम्पदाकाे पुनर्निर्माण गर्‍याे’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले झन्डै पाँच वर्षकाे अवधिमा एक सय ५० वटाभन्दा बढी सम्पदाको पुनर्निर्माण गरेको बताएको छ ।

आज शुक्रवार पत्रकार सम्मेलन गर्दै काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू २०७४ को स्थानीय चुनावबाट निर्वाचित भइ आएपछि अहिलेसम्म एक सय ५० वटाभन्दा बढी सम्पदाको पुनर्निर्माण भएको बताउनुभएको हो ।

उहाँले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, गुठिघर, द्यःछें लगायतका एक सय ५० भन्दा बढी सम्पदाको पुनर्निर्माण भएको जानकारी दिनुभयो । उहाँले उपत्यकाभित्रका अन्य नगरपालिका क्षेत्रभित्रका सम्पदाहरूको पुनर्निर्माणमा पनि महानगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।

मेयर शाक्यले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत उपत्यकाबाहिरका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका क्षेत्रहरूको विकास तथा संरक्षणमा समेत सहकार्य र साझेदारी गर्दै आएको बताउनुभयो । उपत्यकाबाहिर लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका कामहरू भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रमुख शाक्यले महानगरपालिकाभित्रको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि हरेक वर्ष एक सय करोड रुपैयाँभन्दा बढी बजेट छुट्याउने गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय