तिलक मगर – बडिगाड: बडिगाड गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा केही बर्षदेखि कार्यरत बालाकृष्ण सुवेदीलाई शुत्रबार बिदाई गरिएको छ ।
२०७६ भदौ ११ गते उहाँ बडिगाड गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय ग्वालीचौर बागलुङमा सरुवा भएर आउनु भएको थियो ।उहाको अहिले मुख्यमन्त्रि कार्यलयमा पदस्थापना भएको छ । बिदाई कार्यक्रममा बडिगाड गाउँपालिका प्रमुख मेहरसिह पाईजा, उप प्रमुख अम्मर बहादुर श्रीस वडाका जनप्रतिनिधी हरु कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
प्रशासकीय अधिकृत सुवेदीले बडिगाड गाउँपालिकामा २ बर्षे कार्यकाल एकदमै राम्रो स्मरणीय रहेको बताउनु भएको थियो भने उहाँले बडिगाडका जनप्रतिनिधी र सम्पुर्ण नागरीकहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका जनप्रतिनिधी कर्मचारी लगायतकाले मायाको चिनो सम्मान पत्र हस्ताण्तरण गर्दे आमागी दिनको सफल कार्यकालको शुभकामना पनि ब्यक्त गरेका थिए ।


