नेकपा माओवादी केन्द्र गुल्मीले जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा बिस्तारित बैठक राखेर गुल्मीका निवर्तमान जिल्ला पार्टी संयोजक वीरबहादुर कार्की (चाहल) को संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो ।


कमिटीमा लुम्बिनी प्रदेश कमिटी सदस्य,पालिका पार्टी प्रमुख ,जनवर्गीय संगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष समेत रहने भएका छन् । त्यस्तै बैठकले वर्तमान जिल्ला पार्टी संयोजक वुद्धि जिसीको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका निवर्तमान संयोजक कार्कीको संयोजकत्वमा वर्तमान संयोजक र अर्का नेता युवराज केसीसहित ३ सदस्यीय अन्तरपार्टी चुनावी गठबन्धन सम्वाद समिति पनि गठन गरिएको बैठकमा सहभागी अनेरास्वियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश कमिटी सदस्य घनश्याम खरेलले जानकारी दिए ।- रातोपाटिबाट

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here