एमसीसीमा प्रचण्डलाई झुक्याएको काँग्रेसको खुलासा !

नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय एउटै कुरा दोहोराहिरहेका छन् । उनि भन्छन् ‘एमसिसि पास गर्न काँग्रेशलाई नसघाएको भए एमाले र काँग्रेश मिलेर सरकार बनाउँथे । हामि सरकारबाट बाहिरिन्थौँ , प्रधानमन्त्रि शेरबहादुर देउवा हामिलाई सक्काउन केपि ओलिलाई प्रधानमन्त्रि बनाउन तयार हुने थिए ।

मुलत प्रशिक्षण मार्फत प्रचण्डले तल्लो तहसम्मै यहि कुरै पुर्याईरहेका छन् ।

सत्ता गठबन्धन दल एमसिसिमा सहमत देखिएता पनि हालसम्म सम्बन्ध बिश्वासमै मात्र अडिएको छ । एमसिसि माथिको ब्याख्यात्मक घोषणालाई मुखछोप्ने टालो मानेपनि आफु अडानमा बेचिएको प्रचण्डले संकेत गरिसकेका छन् ।

प्रचण्ड अहिले कार्यकर्तालाई सरकारबाट बाहिरिने खतराले एमसिसि पास गराउन बाध्य भएको बताईरहेका छन् ।

एमसिसि पास गरिसकेपछि घुमाउरो अर्थमा प्रचण्डलाई झुक्काएको भन्दै काँग्रेश पनि यतिबेला खुल्लामञ्चै पोखिन थालेको छ । गृहमन्त्रि बालकृष्ण खाँडले भनेका छन् ‘ब्याख्यात्मक घोषणासहितका भनेर २ ओटा पाना थप्देको उहाँहरु मानिहाल्नु भयो । त्यो थपिएको पानामा पनि एमसिसि सम्झौता भित्र जे लेखिएको त्यहि नै छ’ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय