होलि उपलक्ष्यमा छोरीलाइ बिमा पोलिसी उपहार

अनिष पन्थी,गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ की मिना खत्री फौदारले हिन्दुहरुको रङ्गौली पर्व होलिको उपलक्ष्यमा आफ्नो छोरिलाइ दस लाख बराबरको बिमा पोलिसी उपहार दिएकि छिन ।

आफुले विभिन्न पर्वहरुमा नेपालीहरुले गर्ने गरेको अनावश्यक खर्चको कटौती गर्दै आफ्नो छोरिको भविस्यबारे चिन्तित हुँदै यस्तो खर्चले आफुले भविस्य आफ्ना छोराछोरीहरुको शैक्षिक उन्नतिको सङ्गसङ्गै छोराछोरीको जीवन नै रङ्गिन बनाउनको लागि बिमा गरेको उनले बताइन ।

आफ्नो १८ महिनाको छोरी इरिशा फौदारको २५ बर्से सुर्या लाइफ इन्स्योरेन्समा सुर्या बाल साबधिक जीवन बिमा गराएको खत्रीले जानकारी दिइन ।

उक्त पोलिसी को बार्षिक ३८ हजार एक सय ९८ रुपैया किस्ता तिर्नुपर्नेछ । बिमा हालको लागि नभै भविस्यमा हुन सक्ने सम्भावित घटना, दुर्घटना तथा आकस्मिक आइपर्ने जोखिमको रक्षावरणको लागि गरिने बचत भएको सुर्या लाइफ इन्स्योरेन्स गुल्मी शाखाका शाखा प्रमुख अर्जुन पोखरेलले बताए।

बिमा त्यो हो जसले मानिसको फजुल खर्चको कटौती गर्छ , बचत गर्ने बानिको बिकास गर्छ,भविस्यमा बुढाबुढिको साहारा बन्छ,बालबच्चा केटाकेटीको शैक्षिक उन्नयनको लागि साझेदार बन्छ । बिमाको खास उदेश्य नै आकस्मिक हुन सक्ने सम्भावित घटना दुर्घटनाको साहारानै भएको शाखा प्रमुख पोखरेलको दाबी छ ।

साथै बिमा लाई विभिन्न ब्यावसाय र सेयर लगानी सङ्ग नदाज्न आम नागरिकहरूमा बिमाको दुस्प्रचार नगर्न र बिमाको वास्तविक उदेश्यलाई बुझ्न सम्बद्द सबैलाइ आग्रह गर्दै आफ्नो छोरिको भविस्य उज्ज्वल बनाउनुहुने मिना खत्री फौदार लाई धन्यवाद दिदै बिमा अभियान्ता बनी सबै नागरिकको रक्षावरको लागि लाग्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय