. गुल्मी । नेकपा एमाले गुल्मीको मुसिकोट नगरपालिकाबाट आगमी स्थानीय तहको निर्वाचनमा प्रमुख पदको उमेदवारमा तीन जना आांक्षी देखिएका छन् । सो पार्टीका मुसिकोट नगरकमिटी इन्चार्ज जीवन खरेल, अध्यक्ष प्रकाश काफ्ले र उपमेयर कमला शर्मा प्रमुख पदको उमेदारमा आकंक्षी देखिएका हुन् ।
एमालेबाटै विजयी वर्तमान मेयर सोमनाथ सापकोटाले आफु मेयरमा दोहरिन नचाहेको बताए । उपप्रमुख कमला शर्माले मेयरको उमेदवारमा दावी गर्ने बेला आएको बताईन् । ‘ पार्टीले टिकट दिए , जनताले मेरो कामको मुल्याङन गरे, अब अगाडी बढ्ने बेला आएन र ? उनले यस्तो प्रति प्रश्न गर्दै भनिन्–‘ पार्टीले मुल्याङकन गरेमा मेयरमा उमेदवारी दिने हो । ’
उनी २०४६ सालदेखि नै निरन्तर पार्टीमा सक्रिय छन् । मेयरका लागि यस अघिको निर्वाचनमा पनि नेता जीवन खरेलको चर्चा चलेको थियो । २०३६ साल देखि अनवरत एमालेको राजनीतिमा सक्रिय खरेल पार्टी प्रति निष्ठावान र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
उनि भन्छन्–‘ चुनावी चर्चा चलिरहेको छ । तर अहिले नै उमेदवारी घोषणा गर्ने समय आई सकेको छैन् । मैले उमेदवारी दिएँ भने सर्वसम्मत साथीहरुले समर्थन गर्नु हुन्छ भन्ने लागेको छ ।’
हाल मुसिकोट नगरपालिका –७ का वडाध्यक्ष प्रकाश काफ्ले युवा पुस्तामा लोकप्रिय छन् । यसपाली तपाई मेयरमा उठ्ने चर्चा छ नि ? भन्ने प्रश्नमा काफ्लेल भने–‘ म पार्टी अध्यक्षको जिम्मेवारी अनुसार मैले आफुलाई केन्द्रमा राख्ने भन्दा पनि पार्टीलाई वडा सदस्य देखि माथी सम्म जिताउने भुमिकामा छु । पार्टीलाई विजयी गराउनका लागि नीति गत निर्णय गरिने छ । म युवा हुँ । मेरा दिन भोली पनि आउलान तथापी पार्टीले मेयरको जिम्मेवारी सम्हाल्नु पर्छ भनेर भन्यो भने मैले त्यो जिम्मेवारी नसम्हाल्ने कुरै छैन् । ’
वडाध्यक्ष काफ्लेले र उममेयर शर्माले खरेललाई सिनियर नेताका रुपमा सम्मान र समर्थन गरेमा मेयरको उमेदवारमा खरेल सर्वसम्मत हुने निश्चित जस्तै रहेको राजनैतिक बिश्लेषकहरु बताउँछन् ।
एमालेमा खिचलो परिरहेका बेला मुसिकोट नगरकमिटीका अध्यक्ष कर्णध्वज जिसी थिए । एमाले मुसिकोट नगर कमिटीमा बरिष्ठ नेता मध्ये एक मानिने जिसी पनि मेयरका दावेदार हुन् । तर, उनले मेयरका लागि खासै रुची देखाएनन् । उनी वडा नम्वर ३ का वडाध्यक्ष हुन् ।