इतिहासमै पहिलोपटक पुगे गण्डकी प्रदेशका मुख्यमन्त्री बडिगाडको दनियामा.

बाग्लुङ्ग । बाग्लुङ्गको बडिगाड गाउँपालिका वडा नं २ दनियाँमा गण्डकी प्रदेशका मुख्यमन्त्री पहिलोपटक पुगेर स्थानीय समुदायलाई सम्बोधन गरेका छन् ।

बाग्लुङ्गको बडिगाड गाउँपालिका वडा नं २ दनियाँमा राना सेवा समाज सामुदायिक पर्यटकीय पूर्वाधार निर्माण भवनको सिलन्यास गर्न पुग्नुभएका मुख्यमन्त्रीले सोहि अवसरमा स्थानीय समुदायको क्रियाशीलता देखेर आफु प्रसन्न भएको धारणा समेत व्यक्त गर्नुभयो ।

राना समुदायको कला संस्कृति र पहिचान झल्किने गरी सग्रांलयको रुपमा निर्माण गर्न लागिएको भवनको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले उद्घाटन गर्नुभएको हो ।

भवन शिलन्यास कार्यक्रम बोल्दै मुख्यमन्त्री पोखरेलले राना समुदायको अस्तित्व र पहिचान कायम राख्न गण्डकी प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गरेको भन्दै समयमै सम्पन्न गर्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले पिछडिएका र अल्पसंख्यक समुदायको संरक्षण र उत्थानका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताउनुभयो । फरक प्रसगंमा नेपालीले अहिले गण्डकी प्रदेश सरकार बचाईँराख्न राष्ट्रिय जनमोर्चाले खेलेको भुमिकाको प्रशसां समेत गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री मणिभद्र शर्मा कडेंलले राना समुदायको बाहुल्य रहेको दनियाँलाई होम स्टेको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद पियारी थापा,नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व कानुन राज्य मन्त्री, दिनमान पाख्रिन लगायतको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जित बहादुर सेरचन, जिल्ला सचिव गण्डकी थापा अधिकारी, बडिगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष ढाल प्रसाद शेरचन, बडिगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङ, वडा नं ६ का वडाध्यक्ष मौसम काजी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

डिल बहादुर रानाको स्वागत एवम् स्थानीय समाजसेवी गणेशमान चालिसेको शुभकामना मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कमल बरालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय