गुल्मीको मुसिकोटमा १५ शैंयाको अस्पताल भवनको गोकर्ण बिस्ट द्वारा शिलन्यास

रामकृस्ण कंडेल । बिष्णु प्रसाद आचार्य(चकित) मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका वडा नं। ७,वामीटक्सार बजारमा निर्माण हुने १५ शैंयाको सरकारी अस्पताल भवनको आज शिलन्यास गरिएको छ।हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको अस्पतालको नेपाल सरकारका पुर्ब मन्त्री तथा गुल्मी जिल्ला क्षेत्रनं २ का सभासद गोकर्णराज बिस्टले शिलन्यास गर्नुभएको हो।

शिलन्यास कार्यक्रममा पुर्ब मन्त्री तथा गुल्मी जिल्ला क्षेत्रनं २ का सांसद गोकर्णराज बिस्टले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट बताऊनु भयो। “बजेटको सुनिश्चितता म गराउँछु । तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् ।” प्रमुख अतिथि बिस्टको भनाई रहेको थियो।नेता विष्टले नेपाली राजनीतिमा राम्रो संस्कार विकास हुन नसकेकाले बेलाबेलामा समस्याहरु देखा पर्ने गरेको बताऊनु भयो। उहॉले पार्टीभित्र कलह र अन्तर्द्वन्द्व देखिए पनि यसको हलहुने बताऊनु भयो।
विष्टले ‘मृत्युशैयामा पुगिसकेको राजतन्त्र जस्तासुकै आन्दोलन गरे पनि नफर्कने दाबी गर्नु भयो।

कार्यक्रममा प्रमुख अतिथि बिस्टले विकासमा ठूलो फड्को मारेको बताउँदै तिनैं तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गर्नु भयो।नेकपाभित्र देखिएको विवादका विषयमा पूर्वमन्त्री विष्टले भन्नुभयोस्’राष्ट्रिय राजनीतिमा केही नयाँ तरंगहरु देखा परेका छन्, पार्टीमा देखिएको अन्तसंर्घर्षले पार्टी झन एकताबद्ध बन्नेछ।’

मुसिकोट नगरप्रमुख शोमनाथ सापकोटाले शुभकामना मन्तब्यको क्रममा अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने वताऊनु भयो।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा,प्रदेश सभासद दिनेश पन्थी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
२०५१सालमा स्थापना भएको वामीटक्सार स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पताल बनाउन थालिएको हो
२०४० सालमा स्थापना भएको स्वास्थ्य चौकी अहिले स्थर उन्नती हुन लागेको हो।
हाल बर्थिङ सेन्टर र प्रयोगशाला सहित सेवा प्रदान गरेको स्वास्थ्य चौकीको स्तर उन्नती पश्चात अस्पतालमा ४ जना डाक्टरहरू सहित २१जना कर्मचारीहरूको दरबन्दि रहने छ।सामान्य उपचार लाई समेत वामीटक्सार भन्दा टाढा टाढा जानुपर्ने बध्यता लाई यो अस्पताल निर्माणभई सन्चालनमा आऊदा यस क्षेत्रका नागरिकहरूले ठुलो राहतको महशुस गर्ने देखिन्छ।

वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा मुनपा ७को वडाध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका उपाध्यक्ष गोपीकृष्ण खरेलको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय