गुल्मीको मुसिकोट २ मुसिकोट रातचौरमा खानेपानी आयोजनाको उद्घाटन

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरमा सन्चालित,लुगरिबास,आरुपाटा,रातचौर,ताल्तुङ्ग,बगैचा,सारुटोला,अमिले,लुहरुङ्गको खानेपानी तथा सरसफाइ योजना अन्तरगत खानेपानी आयोजनाको बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

मुसिकोट २ गङ्गा प्रा बि को प्राङ्गणमा भएको कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले आयोजनाको उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७६/७७ को ४९ लाख ४ हजार ४ सय ३१ बराबरको लुम्बिनी प्रदेश सरकार र मुसिकोट नगरपालिकाको बिनियोजित बजेटबाट सम्पन्न आयोजनाको बिहिबार उद्घाटन गरिएको हो ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले यस आयोजनाले आम नागरिकलाइ धेरै सहयोग पुगेको भन्दै उपभोक्ता समितिलाइ बधाइ तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै मुसिकोटका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषालले खानेपानी आयोजना आम नगरिकको समय बचत भएको र उक्त बचत भएको समयलाइ उद्दमशिलतामा जोड्ने गरि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सोहि क्रममा विशेष अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति मोहन घिमिरेले योजना सम्पन्न भएपनि कतिपय ठाउमा समस्या र विवाद भएको भन्दै स्थानिय सरकारले त्यसतर्फ ध्यान दिइ खानेपानीको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने भन्दै ध्यानाकर्षण गर्नुभएको थियो।

कार्यक्रममा मुसिकोट ८ का वडाध्यक्ष नारायण सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्थानिय राजनीतिक दल,समाजसेवि,बुद्दिजिवि,शिक्षक,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

आयोजनाका अध्यक्ष जनक खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कौरव खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय