पल शाहवि-रुद्ध बल,त्कारको मुद्दा, १४ वर्षसम्मको जेल सजाय माग

काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बला,त्कार,को मुद्दा दायर भएको छ ।

नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।अभियोगपत्रमा शाहवि,रुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।

उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बला,त्का,र गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।घटना छँदा ‘पीडित’ नाबालिग १६ वर्षभन्दा मुनि भएको अभियोगपत्रमा जनाइएको छ ।

पीडितको हालको उमेर १७ वर्ष भए पनि घटना हुँदा १६ वर्षभन्दा कम उमेर भएको आधारमा बढी सजाय माग भएको हो ।

यो पनि पढ्नुह् – काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न लागेको हो ।

बोर्डले परीक्षा मिति नतोकिसकेको राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा महाश्रम शर्माले नेपाल प्रेसलाई बताए । उनले भने, ‘बोर्डले जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिसकेकोछ । बैठकले स्वीकृत गरेपछि जेठको कति गतेदेखि परीक्षा गर्ने भन्ने निर्णय हुन्छ ।’

उनका अनुसार भोलि बोर्डको बैठक बस्दैछ । बोर्डको बैठकपछि परीक्षा तालिका सार्वजनिक गर्ने उनले बताए । यसपटकको प्रश्नपत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षाकेन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय