कक्षा १२ को परीक्षा जेठ दोस्रो साताबाट हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गरिने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न लागेको हो ।

बोर्डले परीक्षा मिति नतोकिसकेको राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा महाश्रम शर्माले नेपाल प्रेसलाई बताए । उनले भने, ‘बोर्डले जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिसकेकोछ । बैठकले स्वीकृत गरेपछि जेठको कति गतेदेखि परीक्षा गर्ने भन्ने निर्णय हुन्छ ।’

उनका अनुसार भोलि बोर्डको बैठक बस्दैछ । बोर्डको बैठकपछि परीक्षा तालिका सार्वजनिक गर्ने उनले बताए । यसपटकको प्रश्नपत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षाकेन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय