मन्त्री बाट फिर्ता बोलाउने भएपछि समाजवादि नेत्रि रामकुमारी झाँक्री काङ्ग्रेस प्रवेश गर्ने तयारी

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । पूर्व सहमति अनुसार मन्त्रीहरुलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरिएको हो ।

मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरुलाई पठाउने सहमति भएको एकीकृत समाजवादी निकट स्रोतको दाबी छ ।

पूर्व सहमतिका साथै पार्टीको तर्फबाट सहभागी मन्त्रीले प्रभावकारी रुपमा काम गर्न नसकेको, पार्टी र मन्त्रालयबीच समन्वय नगरेको, मनोमानी रुपमा काम गरिरहेको, कमिसनमा लिप्त रहेको आरोप समेत मनत्रीहरुमाथि छ ।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरुको आलोचना भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई फिर्ता बोलाएर अरु नेतालाई मन्त्री बनाउनेबारे छलफल गरेको स्रोतको दाबी छ ।

शहरी विकास मन्त्री रहेकी रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडालाई फिर्ता बोलाउन लगभग सहमति भइसकेको छ । झाँक्रीले मन्त्रालयको काम गर्दा सचिवालयसँग समन्वय नगरेको भन्दै अध्यक्ष नेपाल असन्तुष्ट छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय