गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर-१ झेदीमा लु३त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पट्याक्टर चालक इस्मा गाउँपालिका वडानम्बर-६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर झेदी स्थित सडक निर्माणमा कार्यमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ ।

मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।

आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको निगमले जनाएको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय