मालिका इङ्ग्लिश बोर्डिङ स्कुलद्वारा दुबईमा उपचार भईरहेका मुसिकोटका टंकलाई आर्थिक सहयोग

भुवन काफ्ले, गुल्मी । मालिका इङ्ग्लिश बोर्डिङ स्कुलद्वारा दुबईमा उपचार भईरहेका मुनपा-८ का विवश सिंजालि (टंक) को उपचारका लागि परिवरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

गुल्मीको सुसिकोट नगरपालिका बडा नं ७ वामीमा रहेको मालिका ईङ्लिस बोर्डिङ स्कुलले मुसिकोट नगरपालिका बडा नं ८ निवासी टेक बहादुर सिंजालीको छोरा विवश सिंजालीको उपचारका लागि बिद्यालयका शिक्षक शिक्षिका, कर्मचारी एवम विद्यार्थीहरूबाट रकम संकलन गरि नगद पन्ध्र हजार एक सय उनकी श्रीमती अप्सरा सिंजालीलाई हस्तान्तरण गरिएको हो ।

रोजगारको क्रममा २ महिना अगाडि दुबई गएका सिंजाली उच्चरक्तचापको कारण अचेत अवस्थामा पुगेका थिए ।

सिंजालीको अहिले दुबईमा उपचार भइरहेको छ । उनको उपचारका लागि ५० लाखभन्दा
बढी खर्च लाग्ने र परिवारको आर्थिक अवस्था ज्यादै कमजोर भएकोले सिंजालीको उपचारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बोर्डिङबाट आर्थिक सहयोग गरेको पृन्सिपल पुस्तकलाल श्रेष्ठले जानकारि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय