घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली पूर्णिमा मेला सुरु ।

काैरव खत्री – घुम्टे युवा परिवारको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पुर्णिमा साेमबारदेखि सुरु भएको छ ।

मेलाको पहिलो दिन बृहत खुल्ला कृषि प्रर्दशनी मेला सकिएको छ गलकोट क्षेत्रका कृषकहरुको प्रदर्शनीमा उल्लेख्य सहभागिता रहेको थियो ७ वटा विधामा मुल्याङकन गरिएको थियो ।

कृषि मेला प्रदर्शनीको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले उदघाटन गर्नुभएको थियो । मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक सेभेन स्टार ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका प्रतिनिधी मान बहादुर भण्डारीले रेफ्रीलाई भलिबल हस्तान्तरण गरेर शुभारम्भ गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति वसन्त केसी, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष ललित मरासिनी, राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जी, वडा सदस्य पदमा नेपाली संस्थाका पुर्व अध्यक्ष लोक बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आज सम्पन्न पुरुष भलिबलको उदघाटन खेलमा आयोजक टिम सि लाई पराजित गर्दै टिम बि दोस्रो चरणमा प्रवेश गरेको छ । कार्यक्रम घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, उपाध्यक्ष जीवन साहानीको स्वागत मन्तव्य र सदस्य प्रदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ सुरु भएको होली मेला चैत ३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ मेलामा खुल्ला सामुहिक नृत्य प्रतियोगिता सँगै राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारको सांगितिक प्रस्तुती रहने सहसचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय