अन्लाइमा कारोबार गर्ने नेपालीहरुको लागि खुसीको खबर,वालेटमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी खुल्ला गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने सुविधा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शनिबार जारी फोनपे डिजिटल कन्क्लेभमा यस्तो जानकारी गराएका हुन् ।

गत भदौमा नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्राप्त गर्ने व्यवस्थालाई सहज बनाएको थियो । हाल विदेश जाने नेपाली यात्रुलाई पासपोर्टको आधारमा कार्ड मार्फत १५०० अमेरिकी डलरसम्म खर्च गर्न पाउने सुविधा रहेको छ ।

तर अनलाइनबाट भने विदेशी ईकमर्स तथा अन्य सेवा एवम् सब्सक्रिप्सन खरिद गर्न सकिने सुविधा भने छैन । जसका कारण गेमिङ, सःशुल्क एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ईकमर्सको सेवा र त्यसको भुक्तानी नेपालका लागि असहज बनेको छ ।

तर अब भने यस किसिमको समस्या सम्बोधन गर्न अनलाइन भुक्तानी खुल्ला गर्न लागिएको हो ।त्यसका लागि राष्ट्र बैंक आन्तरिक छलफलमा जुटेको गभर्नर अधिकारीले बताए ।

‘पाँच सय डलरको अकाउन्ट खोल्न दिने विषयमा हामी छलफलमा छौं,’ उनले भने, ‘त्यसबाट विदेशी ईकमर्सको खरिद गर्न तथा कुनै सेवाको सब्सक्रिप्सनको भुक्तानी गर्न सकिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय