अन्लाइमा कारोबार गर्ने नेपालीहरुको लागि खुसीको खबर,वालेटमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी खुल्ला गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने सुविधा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शनिबार जारी फोनपे डिजिटल कन्क्लेभमा यस्तो जानकारी गराएका हुन् ।

गत भदौमा नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्राप्त गर्ने व्यवस्थालाई सहज बनाएको थियो । हाल विदेश जाने नेपाली यात्रुलाई पासपोर्टको आधारमा कार्ड मार्फत १५०० अमेरिकी डलरसम्म खर्च गर्न पाउने सुविधा रहेको छ ।

तर अनलाइनबाट भने विदेशी ईकमर्स तथा अन्य सेवा एवम् सब्सक्रिप्सन खरिद गर्न सकिने सुविधा भने छैन । जसका कारण गेमिङ, सःशुल्क एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ईकमर्सको सेवा र त्यसको भुक्तानी नेपालका लागि असहज बनेको छ ।

तर अब भने यस किसिमको समस्या सम्बोधन गर्न अनलाइन भुक्तानी खुल्ला गर्न लागिएको हो ।त्यसका लागि राष्ट्र बैंक आन्तरिक छलफलमा जुटेको गभर्नर अधिकारीले बताए ।

‘पाँच सय डलरको अकाउन्ट खोल्न दिने विषयमा हामी छलफलमा छौं,’ उनले भने, ‘त्यसबाट विदेशी ईकमर्सको खरिद गर्न तथा कुनै सेवाको सब्सक्रिप्सनको भुक्तानी गर्न सकिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर