ओलीलाई अध्यक्ष छोड्न लगाएर माधव नेपाललाई ल्याउने तयारी,प्रचण्डविरुद्ध अर्काे चलाखी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवादले पार्टी नै फुटको संघारमा छ। कात्तिक अन्तिम साता दाहालले ल्याएको प्रतिवेदनको जवाफ ओलीले असोज १३ गते दिइहाले। त्यसमा दाहाललाई हदैसम्मको आरोप लगाएका छन्।

दाहालले पनि ओलीलाई भ्रष्टाचारीसम्मको आरोप लगाएका छन्। अनि दाहाल पक्षले ओलीलाई कुनै पनि हालतमा अध्यक्ष वा प्रधानमन्त्री पदबाट हटाउने रणनीति अपनाएको छ। त्यसकै जवाफका रुपमा चलाखी पाराले ओलीले आफ्नो प्रतिवेदनमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए । नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्तमा उनले अध्यक्ष पद छाड्न तयार रहेको बताएपनि प्रधानमन्त्री पद छाड्ने विषय कतै उल्लेख गरेनन् ।

iओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ । यतिबेला नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय भइरहेको छ । दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय