वामी नमूना समाजकाे अध्यक्षमा थापा चयन ।

कौरव खत्री, गुल्मी । वामी शेरा स्थित रहेको वामी नमूना समाजकाे तेश्राे अधिवेशन मुसिकाेट नगरपालिका ७ वामी शेरा गुल्मीमा शनिवार सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले समाजसेवी जनक बहादुर थापा (कृष्ण )काे अध्यक्षतामा १३ सदस्यीय कार्य समितिकाे पुनः गठन गरेकाे छ । त्यस्तै समितिकाे बरिस्ठ उपाध्यक्ष गजाधर सापकोटा,उपाध्यक्ष कमला खराल, डिल बहादुर कुमाल,महासचिव रामु खराल, सचिव खगराज गिरी,काेषाध्यक्ष प्रशुराम खराल रहनु भएकाे छ ।

त्यस्तै समितिका अन्य सदस्यहरूमा पुर्ण बहादुर थापा, चुरा गिरी,नन्दकला खराल,लिलाधर खराल,निर्मला खराल,चन्द्र छन्तेल रहनु भएकाे छ । कार्यक्रममा जग्गा दाताहरू डिलाराम खरेल,कमल प्रसाद खराल,श्रीमती तुलसी खराल,धनपति खराललाई फुलमाला र खादा अाेडाएर सम्मान गरिएकाे थियाे ।

कार्यक्रम नमुना समाजका पुर्ब अध्यक्ष लक्षमण प्रसाद खरालकाे अध्यक्षता तथा नमुना समाजका केन्द्रीय अध्यक्ष बावुराम खरालकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रमकाे सञ्चालन भने समाजका सचिव खगराज गिरीले गनु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय