अनिष पाठक, गुल्मी । संघियताको पहिलो अभ्यासमै मुसिकोट नगरपालिकाले सफलता पाएको र विकाशका गतिविधिमा सफता भएको गुल्मी क्षेत्र नं २ का संघिय सांसद गोकर्ण राज विष्टले बताएका छन । शुक्रकार मुसिकोट नगरपालिका ९ ददल्कामा ददल्का माविको ८ कोठे भवनको उद्धघाटन गर्दै उनले सो कुरा बताएका हुन ।


कुल १ कारोड ४ लाखमा निमार्ण सम्पन्न भएको भवन उद्घाटन गर्दै उनले छिट्टै पालिकाको वडा नं. ९ मा निशुल्क अंग्रेजी माध्यमको शिक्षा संचालन गर्न पहल भईरहेको बताउदै कुन स्थानमा उक्त विद्यालय संचालन गर्ने हो छलफल गरेर बताउन स्थानियलाई आग्रह समेत गरे ।

जिल्ला प्राधिकरण कार्यन्वन इकाई गुल्मीको ३७ लाख, संसद विकास कोषबाट १५ लाख, मुसिकोट नगरपालिकाको १६ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख गरि कुल १ करोड ४ लाखमा उक्त भवन निमार्ण भएको विद्यालयले जनाएको छ ।

सो कार्यक्रममा बोल्ने अन्य बक्ताले विद्यालयमा भौतिक प्रगतिले मात्र नपुग्ने भन्दै शैक्षिक दरबन्दी, प्राविधिक शिक्षा लगाएतलाई पनि ध्यान दिनुप्रर्नेमा जोड दिए ।

भवन उद्घाटनको अवसरमा आयोजना गरिएको वडा भित्रका आधारभुत विद्यालयको रेड्क नृत्य प्रतियोगतामा ददल्का मावि ददल्का प्रथम, ज्ञान ज्योति आवि पाडथोक द्धितिय, सस्वति आवि दासिकोट तृतिय र सितापुर मावि सान्तोना भएका थिए । विजेताले क्रमश २ हजार, १६ सय, १२ सय र ८ सय नगद तथा प्रमाण पत्र पाप्त गरेका थिए ।

फरक प्रशंङगमा संसद विष्टले वडा नं. ९ मा केन्द्रिय विद्युत संचालनको लागि १० करोडको टेन्डर भईसकेको बताउदै आधारभुत वर्गलाई समेत पालिकाको विकासले समेटेको बताए । साथै उनले रिडि रुद्धवेनी वामी टक्सार सडक समयमै निमार्ण हुन नसकेको विषय उचित समयमा खुलाउने दावि समेत गरे ।

साथै सोहि अबसरमा विद्यालयका पुर्व विाद्यर्थि केशव खरेलले विद्यालयमा अध्यनरत ४ जना विद्यार्थिलाई शैक्षिक सामार्गि वितरण गरेका थिए, भने भवन निमार्ण समितिका पदाधिकारीलाई समेत सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा शिक्षिका पुष्ष शार्मा र विद्यार्थि कुलाराम उपाध्यको स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम खरालको अध्यक्षता तथा शिक्षक कालिदास खराल र गोविन्द विकको संचालन रहेको थियो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here