आर्थिक संकलन गरेर गाँउमा शिवालय मन्दिर निर्माण ।

कौरव खत्री, गुल्मी । गुल्मीको मुसिकोटमा आर्थिक संकलन गरेर गाँउमा शिवालय मन्दिर निर्माण गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नं. २ मुसिकोट पात्लाकोटमा आर्थिक सहयोग जुटाएर शिवालय मन्दिरको निर्माण गरिएको शिवालय मन्दिर निर्माण आर्थिक समिति संयोजक गोकर्ण आचार्यले जानकारी दिनुभयो ।

साथै शुरुमा मालिका जागृति आमा समुहको सक्रियता र आमा समुहको २ लाख, ७० हजार सहयोग रकमले शिवालय मन्दिर निर्माण कार्यको शुरुवात गरि निर्माण गत फागुन १५ मा मन्दिरको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

त्यस्तै गत २०७८ बैशाख ११ गतेदेखि मन्दिरको निर्माण शुरुवात गरि करिव ६ लाखको लागतमा मन्दिर निर्माण सम्पन्न गरि गत फागुन १७ गते महाशिवरात्रीको अवसरमा विधिवत रुपमा उद्घाटन गरि दैनिक बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिदै आएको संयोजक आचार्यले जानकारी दिनुभयो ।

साथै मन्दिर निर्माणको लागि यस क्षेत्रका स्वदेश तथा विदेशमा रहनु भएका व्यक्तिहरुबाट करिव ८ लाख बरावर आर्थिक संकलन गरिएको आर्थिक समिति संयोजक आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय